जनादेश, काठमाडौँ ।
वरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल बिवाह गर्दै छन् । आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै गजुरेलले नयाँ जीवन सुरु गर्न लागेको जनाएका छन् । यद्यपी उनले कहिले र को संग बिवाह गर्दै छन् भन्ने खुलाएका छैनन् ।
पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि सिंगल छन् । मीनासँग उनका दुई सन्तान छन् । जो हाल मनोजसँगै बस्दै आएका छन् ।