काठमाडौं ।
वरिष्ठ संगीतकर्मी जगतमर्दन थापाको ८५ वर्षको उमेरमा निधन भएको छ ।
कोरोना संक्रमित थापाको नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि थापालाइ थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनकोको निधनसँगै संगीत क्षेत्रले ठूलो क्षति व्यहोरेको छ ।