किसान आन्दोलनः आज भारत बन्द, दिल्लीका सातै नाकामा किसानको अवरोध – Janadesh Daily | ePaper

किसान आन्दोलनः आज भारत बन्द, दिल्लीका सातै नाकामा किसानको अवरोध


एजेन्सी ।

भारतमा आन्दोलनरत किसान संगठनले मंगलबार भारत बन्दको आह्वान गरेको छ । सरकारले ल्याएको नयाँ कृषि कानुनको विरुद्धमा ११ दिनदेखि दिल्लीका सडकमा धर्ना दिएर बसिरहेका आन्न्दोलनरत किसानले भारत बन्दको आह्वान गरेका हुन् ।

किसान संगठनले आह्वान गरेको बन्दको कार्यक्रमलाई विपक्षी दलहरुले समर्थन गरेका छन् ।

भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतका अनुसार बन्दको कार्यक्रम अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चक्काजामको कार्यक्रम समेत रहेको जनाइएको छ ।

भारतमा सरकारले ल्याएको कृषि कानूनको विरोधमा किसानले आन्दोलन चर्काएका छन् । शनिवार सरकारसँगको पाँचौ चरणको वार्ता विफल भए लगत्तै किसानले आन्दोलन थप शसक्त पारेका हुन् ।

तर सरकारले कृषि उत्पादनको मुल्य, बिक्रि र भण्डारण सहजीकरणका लागि नयाँ कानून किसानको हितमा रहेको दाबी गर्दै आइरहेको छ ।

बन्दको पुर्वसन्ध्यामा आन्दोलित किसानले राजधानी दिल्ली प्रवेश गर्ने हरियाणा र उत्तर प्रदेशका सातै वटा नाका बन्द गराएका छन् । किसानको आन्दोलनका कारण राजमार्ग सुनसान भएका छन् भने दिल्ली बाहिरका शहरमा सवारी साधनले सास्ती बेहोर्नुपरेको छ ।

किसानले हरियाणा दिल्ली र उत्तर प्रदेश र दिल्ली जोड्ने सवै सिमा नाका विगत ११ दिन देखि बन्द गराएका छन् । किसानले सिमा नाका बन्द गर्दा राजमार्गमा सवारी जाम बढेको जनाइएको छ ।

यसैबीच किसानको आन्दोलनलाई समर्थन गर्दै मध्य लण्डनमा प्रदर्शन भएको छ । लण्डनस्थित भारतीय दूतावास बाहिर सयौले प्रदर्शन गरेका हुन् । किसानको मागलाई गम्भिरताका साथ लिनुपर्ने माग प्रदर्शनकारीको छ । बेलायत प्रहरीले प्रदर्शनमा सहभागी मध्ये १३ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्