जनादेश सोसल मिडिया वाच ।
सोमबार दोश्रो विवाह गरेकी अभिनेत्री श्वेता खड्काले आफुले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेको बताएकी छिन् ।
धनगढीका विजयेन्द्रसँग लगनगाँठो कसेकी अभिनेत्री खड्काले आफ्नो यात्रामा सम्पूर्ण इष्टमित्र,आफन्तजन र सञ्चारकर्मी लगायतको सुवेक्षा र आशिर्वादको खाँचो रहेको भन्दै शुभाशिष पनि मागेकी छिन ।
फेसबुकमा बैबाहिक तस्विर शेय गर्दै श्वेताले जिन्दगीको अर्को अध्यायमा अझै धेरै गर्न बाँकी रहेको बताएकी छिन् ।
उनले लेखेकी छिन्ः ‘मैले नेपाली सिने जगतलाई मेरो सिन्दुरको जस्तै अझै उच्च स्थानमा पुर्याउनुछ । निर्माणधिन माझीटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ । मैले थालेका व्यवसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनुछ । मैले अझै धेरै काम गर्न बाँकी छ ।’
अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले…
Posted by Shweta Khadka on Monday, 7 December 2020
एकल महिलाको सशक्तिकरणमा केही गर्न चाहेको बताएकी उनले सबैको साथ, सल्लाह र सुझावको अपेक्षा गरेकी छिन् ।
अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेको एक वर्षमै पति शोकमा परेकी अभिनेत्री खड्काले सोमबार धनगढीका जियेन्द्रसिंह रावतसँग दोश्रो बिवाह गरेकी हुन् ।
यो पनि हेर्नुस्
अभिनेत्री श्वेता खड्काको विवाह आज, मेहन्दी समारोहमै मस्ती (फोटो फिचर)