कोरोना महामारीः २४ घण्टामा थपिए झण्डै ६ लाख बिरामी, कुल संक्रमित ७ करोड नजिक – Janadesh Daily | ePaper

कोरोना महामारीः २४ घण्टामा थपिए झण्डै ६ लाख बिरामी, कुल संक्रमित ७ करोड नजिक


एजेन्सी ।

विश्वमा कोरोना भाइरसको संक्रमणदर झनै बढिरहेको छ । चिसो मौसम सुरु भययता बढेको संक्रमण दर घट्ने कुनै संकेत देखिएको छ ।

गत २४ घण्टामा विश्वमा थप ५ लाख ७८ हजार ६ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ ।

२४ घण्टामा ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।

अहिले १ करोड ९५ लाख ३६ हजार ९५ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ४०२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । अहिलेसम्म ४ करोड ७४ लाख ४५ हजार ९५५ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५५ लाख ८७ हजार ७४ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३५८ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा चौबीस घण्टामा ३२ हजार संक्रमित थपिँदा ४ सय भन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा यही अवधिमा ४७ हजार विरामी थपिएका छन् भने ७ सय भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्