ओली‍-प्रचण्डले दिएको जिम्मेवारी पूरा नगर्दा समस्या भयो : शंकर पोखरेल – Janadesh Daily | ePaper

ओली‍-प्रचण्डले दिएको जिम्मेवारी पूरा नगर्दा समस्या भयो : शंकर पोखरेल


जनादेश, काठमाडौँ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्षद्वयले आफ्नो जिम्मेवारी पुरा नगर्दा नेकपा संकटमा परेको बताएका छन् । विवाद समाधान कार्यदलले दुबै अध्यक्षलाई फरक जिम्मेवारी तोकेपनि प्रधानमन्त्री केपी ओलीले पार्टीको काममा चासो दिने र पार्टीको जिम्मेवारी लिएका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सरकारमा चासो दिदा विवाद बढेको मुख्यमन्त्री पोखरेलको दाबी छ ।

पाल्पामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विवाद तल्लो तहसम्म आइपुग्दा एकताको आधार नै भत्किन सक्ने भन्दै सहमतीबाटै निकाश खोज्नुपर्नेमा जोड दिए । आम कार्यकर्ता पाटी एकताकै पक्षमा रहेकोले सचिवालयले हल गर्न नसकेको समस्या स्थायी कमिटीले समाधान गर्नुपर्ने उनको भनाई छ ।

पाटी एकताको आधार कार्यकर्ता भएकोले नेतृत्वमा विवाद रहेपनि तल्लो तहका कार्यकर्तालाई विचलित नहुन उनको आग्रह छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्