जनादेश, काठमाडौँ ।
कतार सरकारले नेपाल सरकारलाई तीन वटा मर्सिडिज कार उपहार स्वरूप प्रदान गरेको छ ।
कतारी दूतावासले आज परराष्ट्र मन्त्रालयलाई कार हस्तान्तरण गरेको हो । मन्त्रालयको प्राङ्गणमा आयोजित हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल-हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई सांचो सहित मर्सिडिज कार हस्तान्तरण गरे ।
उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद दिएका छन् । ुकार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पुर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छुु, सचिव पौड्यालले भनेका छन् ।