एजेन्सी ।
युनाइटेड अरब इमिरेट्स युएईले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोनाविरुद्धको खोप ८६ प्रतिशत प्रभावकारी भएको जनाएको छ ।
तेश्रो चरणको चिकित्सकीय परीक्षणमा उक्त खोप संक्रमण रोक्न प्रभावकारी पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
युएईले गत सेप्टेम्बरमा निश्चित समूहमा सिनोफार्मको खोप प्रयोगका लागि अनुमति दिएको थियो । गत सेप्टेम्बरमा सिनोर्फामको खोपको अन्तिम परीक्षण अन्र्तगत युएईका स्वंयसेवकलाई लगाइएको थियो ।
उक्त खोप १ सय २५ मुलुकका ३१ हजार स्वंयसेवकमा परीक्षण गरिएको थियो । सो खोप १८ देखि ६० वर्ष उमेरका स्वंयसेवकलाई दुइ पटक दिइएको थियो ।
यसैबीच इन्डोनेशियाले आइतबार सिनोफार्मका १२ लाख खोप भित्र्याएको छ भने जनवरी भित्र थप १८ लाख खोप ल्याउने तयारी गरेको छ ।