पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैन: मुख्यमन्त्री गुरुङ – Janadesh Daily | ePaper

पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैन: मुख्यमन्त्री गुरुङ


प्रदेशको विकासका लागि पूँजी जुटाउनु ठूलो समस्या होइनः पृथ्वी सुब्बा गुरुङ,  मुख्यमन्त्री (अन्तर्वार्ता)

रासस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आए जस्तो हल्ला नभएको भन्दै भ्रमपूर्ण प्रचारका पछि नलाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।

शुरुमा पार्टी एकीकरण हुँदा तत्कालीन एमालेमा ६० प्रतिशत र माओवादी केन्द्रमा ४० प्रतिशतका आधारमा पद बाँडफाँट गरे पनि अहिले पार्टी एक भइसकेपछि बहुमत र अल्पमतको कुरा नरहेको बताउनुभयो । पार्टी एउटै भएपछि बहुमत र अल्पमत नहुने उहाँको भनाइ छ ।

सांसद तथा नेकपाका केन्द्रीय सदस्य मनकुमारी केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्य तिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठीमा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटीले आयोजना गरेको श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री गुरुङले अहिले दुई अध्यक्ष मिलेर जाने आम पार्टीकार्यकर्ताले समर्थन गर्नुको विकल्प नरहेको भन्दै निजी स्वार्थका लागि अनावश्यक मनमुटाव गर्न नहुने बताउनुभयो । “पार्टी फुटेमा आगामी चुनावमा जनता माझ के भनेर जाने एकपटक सबैले सोचौँ”, गुरुङले भन्नुभयो, “जिल्ला तहमा समेत गुट उपगुटको बैठक भएको सुन्छु, यस्तो कामले व्यक्तिलाई फाइदा होला, पार्टी र राष्ट्रलाई घाटा हुन्छ ।” खत्रीको ७७ वर्षको उमेरमा निवासमै निधन भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्