गण्डकीमा कोरोनाका सङ्क्रमणका कारण चारको मृत्यु – Janadesh Daily | ePaper

गण्डकीमा कोरोनाका सङ्क्रमणका कारण चारको मृत्यु


गण्डकी ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १०३ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का ६५ वर्षीय पुरुष, वडा नं १० का ८१ वर्षीय पुरुष र वडा नं १३ का ५१ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै तनहँुको शुक्ला गण्डकी नगरपालिका वडा नं ८ का ७४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता ड विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

निर्देशनालयका अनुसार प्रदेशमा आज १०३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १३ हजार ७९ पुगेको छ भने सक्रिय सङ्क्रमित पाँच हजार ३३८ पुगेका छन् । हालसम्म सात हजार ५६१ कोरोना सङ्क्रमित निको भएको निर्देशनालयले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्