भारतका चर्चित नृत्यकार अस्ताद देबुको निधन – Janadesh Daily | ePaper

भारतका चर्चित नृत्यकार अस्ताद देबुको निधन


एजेन्सी ।

भारतका चर्चित नृत्यकार अस्ताद देबुको निधन भएको छ । ७३ वर्षका देबुको निधन भएको जानकारी सामाजिक सञ्जालमार्फत परिवारले दिएको हो । उनी लामो समयदेखि बिरामी रहँदै आएका थिए।

आफ्नो नृत्य कलाका माध्यमबाट नाम कमाएका देबुको जन्म १९४७ जुलाई १३ मा भएको थियो।

उनले भारतमा पुरानो र आधुनिक शैली मिलाएर नृत्यको नयाँ शैली विकास गरेको मानिन्छ । ७० भन्दा बढी देशमा उनले एकल, सामूहिक र युगल नृत्य प्रस्तुति दिएका थिए।

उनले सन् १९९५ मा ‘संगीत नाटक अकादमी’ पुरस्कार तथा २००७मा ‘पद्यश्री’ सम्मान पाएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्