बाइडेन र कमला बने यो वर्षको ‘पर्सन अफ दि इयर’ – Janadesh Daily | ePaper

बाइडेन र कमला बने यो वर्षको ‘पर्सन अफ दि इयर’


अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कमला ह्यारिस यस वर्षको सवैभन्दा प्रभावशाली व्यक्ति घोषित भएका छन् । मनोनयनमा परेका अन्य तीन अन्तिम प्रतिश्पर्धीलाई पछि पार्दै बाइडन र ह्यारिस टाइम पत्रिकाको पर्शन अफ द इयर घोषित भएका हुन् ।

प्रतिश्पर्धामा पराजित राष्ट्रपति डोनल्ड ट्रम्प, डाक्टर एन्थोनी फाउची र रंगभेदी आन्दोलनकर्मी थिए । टाइम पत्रिकाले ट्विट मार्फत बाइडन- हयारिसको उम्मेद्वारीले केहि ऐतिहासिक प्रतिनिधीत्व गरेको जनाएको छ ।

डेमोक्रयाटिक नेता समेत रहेका बाइडनले नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई पराजित गरेका थिए भने एशिया मुलकी कमला उपराष्ट्रपतिमा विजयी भएकी थिइन् ।

टाइम पत्रिकाले सन् १९ सय २७ देखि वर्षको सवैभन्दा प्रभावशाली व्यक्ति घोषणा गर्दै आइरहेको छ । गत वर्ष स्वीडेनकी किशोरी ग्रेटा थनबर्ग पर्शन अफ द इयर भएकी थिइन् । विद्यार्थी समेत रहेकी ग्रेटा जलवायू परिवर्तन विरुद्ध आवाज उठाउदै आइरहेकी छिन् ।

ग्रेटा पर्शन अफ द इयर हुने सवैभन्दा कम उमेरकी किशोरी समेत हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्