कोरोना महामारीः नेपालमा अहिलेसम्म २ लाख ४६ हजार संक्रमित, १६ सयले गुमाए ज्यान – Janadesh Daily | ePaper

कोरोना महामारीः नेपालमा अहिलेसम्म २ लाख ४६ हजार संक्रमित, १६ सयले गुमाए ज्यान


जनादेश, काठमाडौँ ।

नेपालमा गत चौबीस घण्टामा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना अपडेटका अनुसार गत चौबीस घण्टामा ७ हजार २ सय ३२ वटा नमूना परीक्षण गर्दा काठमाडौं उपत्यकामा ५ सय ४१ जनामा सहित देशभर १ हजार ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ४६ हजार ६ सय ९४ जना पुगेको छ । त्यस्तै गत चौबीस घण्टामा ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ७४ जना रहेको छ ।

गत चौबीस घण्टामा १ हजार २ सय ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसरी कोरोनामुक्त हुनेको संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ । देशभर क्वारेन्टिनमा ५ सय १९ जना र सक्रिय सक्रमितको संख्या १२ हजार १ सय ४८ रहेको छ ।

आइसियुमा उपचारत ३ सय १० जना र भेन्टिलेटरमा ५० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्