एजेन्सी ।
अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ । अनुमति पाएसँगै अब केहि दिनमै देशभर भ्याक्सिन पुर्याइने र अभियान सन्चालन गरिने जनाइएको छ ।
फाइजर तथा बायोएनटेकले तयार पारेको कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी मानिएको छ । एफडीएले अहिले आपतकालीन प्रयोगका लागि मात्रै अनुमति दिएको हो । स्थायी अनुमतिका लागि फाइजरले फेरि अलग्गै आवेदन दिनुपर्नेछ ।
एफडीए प्रमुख डा. स्टीफन हानले यो स्वीकृति कोभिड महामारीविरुद्धको लडाइँमा महत्वपूर्ण कोशेढुंगा रहेको बताए । यसअघि फाइजरको भ्याक्सिनलाई बेलायत, बहराइन, साउदी अरब र क्यानडाले स्वीकृति दिइसकेका छन् ।