जनादेश, काठमाडौँ ।
नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक कार्यक्रमलाई अनुमोदन गरेको हो ।
मंसिर २८ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र भौतिक दुरी कायम गर्दै शोक सभा आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।
काठमाडौं जिल्लाका पूर्व सभापति एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि श्यामलाल श्रेष्ठको मंसिर २६ गते ८० वर्षको उमेरमा निधन भएको थियो ।