जनादेश, काठमाण्डौ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादउन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व कम्युनिष्ट पार्टीको काँधमा रहेको बताएका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा आज भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समृद्ध र समाजवादउन्मुख राज्य बनाउने दायित्व कम्युनिष्ट पार्टीको रहेको बताए ।
त्यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सामाजिक असमानता अन्त्य गर्दै समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने खुशी नेकपासँग मात्र रहेको बताए ।
कार्यक्रममा नेताद्वयले नेपाली कांग्रेसका तर्फबाट तत्कालीन संविधानसभा सदश्य कौसर साहसहित नेता तथा कार्यकर्तालाई नेकपा प्रवेश गराएका थिए ।