पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ – Janadesh Daily | ePaper

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ


जनादेश, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन गर्ने भन्दै निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा दुई रुपैयाँले मूल्य समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ । डिजेल/मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । १ डिसेम्बरमा आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नेपालमा भारतको मूल्य अनुसार समायोजन गर्ने गरिएको भएपनि भारतमा बढ्दा बढाउने घट्दा नघटाउने भनेर आलोचना हुँदै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्