अमेरिकामा ३ लाख ५ हजार कोरोना संक्रमितको मृत्यु, सोमबारदेखि खोप अभियान – Janadesh Daily | ePaper

अमेरिकामा ३ लाख ५ हजार कोरोना संक्रमितको मृत्यु, सोमबारदेखि खोप अभियान


एजेन्सी ।

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ५ हजार नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३ हजार ९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५ हजार ८२ पुगेको हो ।

यस्तै त्यहाँ १ करोड ६५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २० हजार २९८ जनामा संक्रमण पुष्टि भएको छ ।


यसअघि शनिबार अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६५ लाख ४९ हजार ३६६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ४४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६५ लाख ९९ हजार ९५९ जनामध्ये २७ हजार ५२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

सोमबारदेखि खोप अभियान
महामारी भयावह बन्दै गएपछि अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्ध खोपको अभियान चलाइँदै छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्‍याइँदैछ ।

सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ । अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै सोमबारबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्