फाइजरको खोप लगाएकाहरुलाई देखिएको साइड इफेक्टले विज्ञहरु चिन्तित – Janadesh Daily | ePaper

फाइजरको खोप लगाएकाहरुलाई देखिएको साइड इफेक्टले विज्ञहरु चिन्तित


एजेन्सी ।

विभिन्न देशले प्रयोगको अनुमति दिइसकेको फाइजरको कोरोना खोप समस्या मुक्त नरहेको पाहिएको छ । निक्कै द्रूत गतिमा विकास गरिएको खोपका साइड इफेक्ट्सहरुबारे विज्ञहरुले चिन्ता जनाएका छन् ।

सुरुमै अनुमति दिएको बेलायतमा देखिएको खोपको साइड इफेक्ट चिन्ताको विषय रहेको विज्ञहरूले बताएका छन् ।

बेलायतमा एलर्जीको समस्या भएका दुईजना व्यक्तिमा खोप लगाइसकेपछि साइड इफेक्ट देखिएसँगै फाइजर खोपले एलर्जी भएका व्यक्तिहरूमा साइड इफेक्ट देखिने संकेत गरेको हो ।

ती व्यक्तिमा एनाफिलिक्सको समस्या पाइएको थियो । सामान्यतः एनाफिलिक्स हुँदा अचानक सास फेर्न गाह्रो हुने र रक्तचापमा समस्या आउने भएकाले स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । जुन एलर्जी भएका व्यक्तिमा खानेकुरा, औषधि वा अन्य कुनै पदार्थको सम्पर्कमा आउँदा अचानक हुने गर्छ । दुवै व्यक्तिमा थप उपचारपछि निको भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

बेलायतका स्वास्थ्य अधिकारीहरूले एलर्जीको समस्या भएका व्यक्तिलाई तत्काल खोप नदिन आग्रह गरेका छन् । खासगरी, एनाफेलेटिक रियाक्सन देखिएका व्यक्तिमा अन्य विकल्प नअपनाउँदासम्म खोपको प्रयोग नगर्न सुझाब दिइएको हो ।

पहिलेदेखि एलर्जीको समस्या भएका व्यक्तिहरूमा खोप दिने विषय अलमलमा परेको छ । बेलायतले केही व्यक्तिमा एनाफिलिक्सको समस्या भएको बताए पनि यसको प्रकृतिबारे स्पष्ट पारेको छैन । जसका कारण एलर्जीको समस्या भएका व्यक्तिका लागि भ्याक्सिन सुरक्षित हुने विषय भने यकिन हुन सकेको छैन ।

तर, केही वैज्ञानिकहरूले गम्भीर प्रकृतिको एलर्जीको समस्या भोगेका व्यक्तिमा मात्र भ्याक्सिनले असर पार्न सक्ने अनुमान गरेका छन् । तर, अधिकांश विज्ञहरूले यसबारे अध्ययन गरेर मात्र प्रयोगमा ल्याउन सुझाब दिएका छन् ।

औषधि सम्बन्धि अमेरिकी निकाय एफडिएका अनुसार बेलायतमा दुई स्वास्थ्यकर्मीमा खानाका कारण एलर्जी भएकामा एनाफिलिक्स भएको पाइएको हो । उनीहरूमा भ्याक्सिनको प्रतिक्रिया थाहा पाउन इपिपेन लगाइएको थियो । खोपको आकस्मिक प्रतिक्रियापछि उनीहरूमा एपेनिफ्रिन दिइएको थियो ।

महामारीको समयमा भ्याक्सिनको साइड इफेक्ट देखिनुले अधिकांश व्यक्ति मानसिक रूपमा प्रभावित हुन सक्छन् । विश्वमा अधिकांश व्यक्तिमा कुनै न कुनै समयमा खाद्यपदार्थ, औषधि वा अन्य पदार्थको सम्पर्कमा आउँदा एलर्जीको समस्या देखिइरहेको पाइन्छ ।

यस्तोमा फाइजर प्रयोगमा ल्याउने/नल्याउने विषय गम्भीर हुन सक्छ । तर, एलर्जीको समस्या कोभिडभन्दा सजिलै उपचार गर्न सकिने भएकाले सामान्य साइड इफेक्ट देखिँदा नआत्तिन विज्ञहरूले सुझाब दिएका छन् । यस्तै, केही व्यक्तिमा मात्र साइड इफेक्ट देखिएकाले छोटो समयमै समाधान निकालिने आशा गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्