विश्वकपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु – Janadesh Daily | ePaper

विश्वकपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु


जनादेश, काठमाडौँ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप फुटबल अन्तर्गत छनोट खेलको तयारी थालेको छ । टोलीले आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण सुरु गरेको हो ।

प्रतियोगिता सुरु हुन झण्डै तीन महिना अघि तयारी थालेको टोलीले आगामी मार्चमा कतार विश्वकप छनौट र २ हजार २३ मा चीनमा हुने एसियन कप छनौट अन्तर्गतका तीन घरेलु खेल खेल्ने छ । कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आजदेखि ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

प्रशिक्षक महर्जनले लिगको प्रदर्शनको आधारमा बोलाइएका ५८ खेलाडीबाट उत्कृष्ट टिम निर्माण गर्ने र विश्वकप छनोट अन्तर्गतका बाँकी रहेका खेलमा योजनाबद्धरुपमा प्रस्तुत हुने जानकारी दिए । आइतबार सुरु भएको प्रशिक्षणको पहिलोदिनको बिहानी सत्रमा सिनियर २७ खेलाडी सहभागी थिए ।

बाँकी खेलाडीले प्रशिक्षणको बेलुकी सत्रमा भाग लिनेछन् । नेपालले यसअघि विश्वकप छनोट अन्तर्गतका ४ अवे र १ घरेलु खेल खेलिसकेको छ । गत शुक्रबार मात्र एशियाली फुटबल महासंघ एएफसीले कतार विश्वकप २ हजार २२ का लागि एसियाली क्षेत्रको दोश्रो चरणका बाँकी खेलको तालिका सार्वजनिक गरेको थियो ।

एएफसीको नयाँ तालिका अनुसार नेपालले विश्वकप छनौट अन्तर्गत चाईनिज ताईपेईसँगको घरेलु खेल २ हजार २१ को मार्च २५ मा अष्ट्रेलीयासँगको खेल मार्च ३० मा र जोर्डनसँगको खेल जुन ७ मा दशरथ रंगशालामा खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप फुटबल अन्तर्गत छनोट खेलको तयारी थालेको छ ।

टोलीले आजदेखि आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण सुरु गरेको हो । प्रतियोगिता सुरु हुन झण्डै तीन महिना अघि तयारी थालेको टोलीले आगामी मार्चमा कतार विश्वकप छनौट र २०२३ मा चिनमा हुने एसियन कप छनौट अन्तर्गतका तीन घरेलु खेल खेल्ने छ । कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आइतबारदेखि ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । उनले लिगको प्रदर्शनको आधारमा बोलाइएका ५८ खेलाडीबाट उत्कृष्ट टिम निर्माण गर्ने र विश्वकप छनोट अन्तर्गतका बाँकी रहेका खेलमा योजनाबद्धरुपमा प्रस्तुत हुने बताए ।

आइतबार सुरु भएको प्रशिक्षणको पहिलोदिनको बिहानी सत्रमा सिनियर २७ खेलाडी सहभागि थिए । बाँकी खेलाडीले प्रशिक्षणको बेलुकी सत्रमा भाग लिनेछन् । नेपालले यसअघि विश्वकप छनोट अन्तर्गतका ४ अवे र १ घरेलु खेल खेलिसकेको छ । गत शुक्रबार मात्र एशियाली फुटबल महासंघ ९एएफसी० ले कतार विश्वकप २०२२ का लागि एसियाली क्षेत्रको दोश्रो चरणका बाँकी खेलको तालिका सार्वजनिक गरेको थियो । एएफसीको नयाँ तालिका अनुसार नेपालले विश्वकप छनौट अन्तर्गत चाईनिज ताईपेईसँगको घरेलु खेल २०२१ को मार्च २५ मा अष्ट्रेलीयासँगको खेल मार्च ३० मा र जोर्डनसँगको खेल जुन ७ मा दशरथ रंगशालामा खेल्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्