जनादेश, काठमाडौँ ।
आफ्नो पसिनाको मूल्य खोज्दै सर्लाहीका उखु किसान काठमाडौँ आइपुगेका छन् ।
चिनी मिलबाट रकम भुक्तानी नपाएको र यस अघि सरकारले गरेको सम्झौता समेत पूरा नभएको बताउँदै किसानद्वारा आज माइतीघर मण्डला अगाडि प्रदर्शन सुरु गरिएको छ । आफ्नो परिश्रमको मूल्य समेत नपाएपछि उखु किसान पुन आन्दोलनमा उत्रीन बाध्य भएका छन् ।