राष्ट्र बैङ्कले टे«जरी बिल बिक्री गर्ने – Janadesh Daily | ePaper

राष्ट्र बैङ्कले टे«जरी बिल बिक्री गर्ने


जनादेश, काठमाण्डौ ।

नेपाल राष्ट्र बैङ्कले सोमबार रु छ अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट टे«जरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैङ्कका अनुसार टे«जरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो । कूल रु चार अर्बको टे«जरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्बको टे«जरी बिल भने ३६४ दिने अवधिको रहेको छ ।

सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मङ्सिर २२ गते रु १७ अर्ब २६ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्