विश्व महामारीः ७ करोड २६ लाख संक्रमितमध्ये ५ करोडले जिते कोरोना – Janadesh Daily | ePaper

विश्व महामारीः ७ करोड २६ लाख संक्रमितमध्ये ५ करोडले जिते कोरोना


एजेन्सी ।

गत २४ घण्टामा विश्वमा थप ५ लाख ३७ हजार ३६१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड २६ लाख ३८ हजार नाघेको छ ।

त्यस्तै विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख १८ हजार नाघेको छ । गत २४ घण्टामा ७ हजार ५८२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १६ लाख १८ हजार ७५० संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६७ लाख नाघेको छ । त्यहाँ अहिलेसम्म ३ लाखभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

हाल विश्वमा २ करोड १ लाख ६० हजार ७७६ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार १८६ जना गम्भीर बिरामी छन्।

५ करोडले जिते कोरोना
विश्वभर ५ करोडभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना खोप पनि विकास भइसकेको अवस्थामा खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।

गत २४ घण्टामा मात्रै विश्वभर ३ लाख ५४ हजार ७९७ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ८ लाख ५९ हजार ४३८ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्