कांग्रेसको सरकार विरोधी प्रदर्शनः कुन नेताले के भने – Janadesh Daily | ePaper

कांग्रेसको सरकार विरोधी प्रदर्शनः कुन नेताले के भने


जनादेश, काठमाण्डौ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकार विरुद्ध शक्ति प्रदर्शन गरेको छ । एकसाथ देशैभर विरोध कार्यक्रम गरेर कांग्रेसले सरकारको खबरदारी गरेको हो ।

सरकारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्न कांग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्ला पुगेका थिए । हेटौंडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको टिप्पणी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंकासमेत देउवाले व्यक्त गरेका छन् । उनले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको चर्को आलोचना गरे ।

काठमाडौँमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधान र व्यवस्थालाई कमजोर बनाउन लागि परेको आरोप लगाए । पौडेलले सरकार भ्रष्टाचारमा लागेको, जनताबाट टाढा भएको कुरा विपक्षीले भनिरहनु नपर्ने बताए ।

धनगढीमा सरकारविरुद्ध गरिएको प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता गगन थापाले नेकपाको सरकारले जनताका लागि केही गर्न नसकेको आरोप लगाए । थापाले केपी ओली नेतृत्वको सरकारले मनोमानी गरिरहेको भन्दै ठेगानमा ल्याएरै छोड्ने चेतावनी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्