अमेरिकामा कोरोना खोप अभियान सुरु, सेन्ड्रा लिन्डसेले लगाइन् पहिलो खोप – Janadesh Daily | ePaper

अमेरिकामा कोरोना खोप अभियान सुरु, सेन्ड्रा लिन्डसेले लगाइन् पहिलो खोप


एजेन्सी ।
कोरोना महामारीका कारण सर्वाधिक प्रभावित देश अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । अमेरिकामा पहिलो कोरोनाको खोप हेल्थ केयरमा कार्यरत काला जातिको प्रतिनिधित्व गर्ने नर्स सेन्ड्रा लिन्डसेले लगाएकी छिन्।

खोप लगाइएको दृष्यको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले सेन्ड्रासँगै पाँच व्यक्तिलाई खोप लगाएर यो कार्यक्रमको शुभारम्भ गरेको हो।

यसलाई ‘किक अफ इभेन्ट’ को नाम दिइएको छ। यी पाँच जनालाई वासिङ्टन डिसीस्थित जर्ज वासिङ्टन विश्वविधालयको अस्पतालमा खोप लगाइएको थियो। सबै फ्रन्टलाइन स्वास्थ्य कर्मचारी हुन्।

यसपछि स्वास्थ्य विभागका सिनियर अधिकारी तथा डक्टरहरूलाई पनि खोप लगाइएको थियो। आम अमेरिकीले आउदो सातादेखि खोप लगाउन पाउने छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडियामार्फत यसको जानकारी दिँदै अमेरिकामा कोरोनाविरूद्धको पहिलो खोप लगाएको जानकारी दिए। ‘अमेरिकामा पहिलो खोप लगाइएको छ। अमेरिकालाई बधाई!,’ उनले भनेका छन्।

हाल देशको विभिन्न राज्यअन्तर्गत १ सय ४५ स्थानमा खोप पुर्‍याउने काम सकिएको छ।

ह्वाइट हाउसमा काम गर्ने कर्मचारी र अधिकारीलाई खोप लगाउने कार्यमा केही समय लाग्ने अमेरिकी समाचार एजेन्सीहरू जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप–राष्ट्रपति माइक पेन्सलाई पनि खोपका लागि आग्रह गरिने समाचारमा उल्लेख छ।

अमेरिकामा चरणबद्ध रूपमा खोप लगाउने कार्यलाई सुचारु राखिने बताइएको छ । पहिलो चरणअन्तर्गत फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्य कर्मचारी र केयर होममा बसोबास गर्ने वृद्धवृद्धालाई खोप लगाइने छ।

अमेरिकी सरकारले यसै साता फाइजर र बायोनटेकलाई इमर्जेन्सी प्रयोगका लागि स्वीकृति प्रदान गरिएको थियो। यो खोपलाई फेडरल ड्रग एडमिनिस्ट्रेशन (एफडीए) र डिजीस कन्ट्रोल सेन्टर (सीडीसी) ले सुरक्षित भएको प्रमाण दिएपछि सरकारले खोप वितरणलाई स्विकृति प्रदान गरेको थियो।

बेलायतमा विकास भएको फाइजर खो अमेरिकामा पनि दिन थालिएको हो । यस अघि नै बेलायत, क्यानडा, बहराइन, कुवेत लगायतका देशमा फाइजरको खोपले मान्यता पाइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्