भारतमा कोरोना संक्रमित ९९ लाख पुगे, एक लाख ४३ हजारको मृत्यु – Janadesh Daily | ePaper

भारतमा कोरोना संक्रमित ९९ लाख पुगे, एक लाख ४३ हजारको मृत्यु


नयाँदिल्ली ।

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या मङ्गलबारसम्म ९९ लाख ६ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार नयाँ संक्रमित फेला परेका छन् ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसको संक्रमण भएकामध्ये एक लाख ४३ हजार ७०९ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट निकै प्रभावित नयाँदिल्लीमा २४ घण्टाको अवधिमा एक हजार ३७६ जना नयाँ रोगी फेला परेका छन् भने ६० जनाको मृत्यु भएको छ । सोमबारसम्म राजधानी नयाँदिल्लीमा कोभिड–१९ कै कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९४ लाख २२ हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १५ करोड ५६ लाखको हाराहारीमा नमुना परीक्षण गरेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताउनु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्