जनादेश, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।
बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् । बैठक अगाडि ओली प्रचण्डबीच करिब आधा घण्टा भेटवार्ता भएको थियो । आजको बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका विषयमा छलफल हुने जनाइएको छ ।