व्यावसायिक मौरीपालनमा रमाउँदै कृषक, वर्षेनी लाखौँको आम्दानी – Janadesh Daily | ePaper

व्यावसायिक मौरीपालनमा रमाउँदै कृषक, वर्षेनी लाखौँको आम्दानी


काठमाडौँ ।

कास्की जिल्लाको मादी गाउँपालिका ११ लम्तरी तोगीका विनोद खनाल आधुनिक घारमा मौरी पालन गर्छन् । उनले मह बिक्री गरेर मात्रै वार्षिक पाँच लाख आम्दानी गर्दै आएका छन् ।

यस्तै, कास्की जिल्लाको मादी गाउँपालिका–११ लम्तरी तोगीका माधव खनाल पनि विदेशबाट फर्केर व्यावसायिक मौरीपालनमा लागेका छन् । मौरीपालनबाट वर्षेनी राम्रो आमदानी हुने गरेको दुवै जनाको भनमइ छ । उनीहरुले उत्पादन गरेको मौरीको शुद्ध एवं अर्गानिक मह खरिदका लागि टाढाटाढाबाट मानिसहरु आउँने गर्दछन् ।

मह र मौरी बिक्रीबाट वार्षिक एक करोड रुपैयाँमा शहरको पैसा गाउँमा जाने गरेको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका–११ लम्तरी तोगीका विनोद खनाल मह काटदै । उनले महमा नै भविष्य खोज्दै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्