ओलीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक, देउवा नजाने – Janadesh Daily | ePaper

ओलीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक, देउवा नजाने


जनादेश, काठमाडौँ ।

परिषद् सम्बन्धि अध्यादेश फिर्ता लिने सहमति गरेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । नेकपा स्थायी कमिटीले अध्यादेश फिर्ताको निर्णय गरेको एक दिनपछि ओलीले परिषद् बैठक बोलाएका हुन् ।

आज साँझ बस्ने बैठकको जानकारी विपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि दिइएको तर देउवा नजाने स्रोतले बताएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । परिषदले विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने गर्छ ।

पछिल्लो संशोधन अध्यादेश कार्यान्वनमै रहेकाले ‌ओलीले बहुमतको आधारमा नियुक्ति समेत गर्ने प्रावधान छ । साँझ ५ बजे बैठकका लागि बोलाइएको बैठकको उद्देश्य खुलेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्