जनादेश, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित गरेका छन् । परिषद् सम्बन्धि अध्यादेश फिर्ता गर्ने सहमति भएको २४ घण्टा नवित्दै नाटकीयरुपमा बैठक बोलाएका ओलीले नाटकीयरुपमा नै स्थगित गरेका हुन् ।
संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले परिषद्को बैठक बोलाएका थिए ।
बुधबार मात्र नेकपाको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो । ओलीले परिषद् बैठक बोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । प्रचण्ड बालुवाटार पुगेपछि बैठक स्थगित भएको हो ।