विश्व स्वास्थ्य संगठन भन्छः एसियामा कोरोना खोप आउन अझै १ वर्ष – Janadesh Daily | ePaper

विश्व स्वास्थ्य संगठन भन्छः एसियामा कोरोना खोप आउन अझै १ वर्ष


एजेन्सी ।

अमेरिका र युरोपेली देशमा कोरोनाविरुद्धको खोप प्रयोगमा आइसकेपनि एसियाली क्षेत्रमा अझै समय लाग्ने भएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले एसिया प्रशान्त क्षेत्रका देशमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ ।

संगठनले एसियाली देशहरुले तत्काल खोप पाउने सम्भावना कम रहेको जनाएको छ। डब्लुएचओले खोप आउन छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने जनाएको हो ।

खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु नै खोप ढिलो आउने कारण हो ।

खोपको उत्पादन, गुणस्तर व्यवस्थापन र ठाउँ ठाउँमा पुर्‍याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ। डब्लुएचओका क्षेत्रीय निर्देशक डा.ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा बोल्दै एसियाली देशमा खोप आउन ढिला हुने बताएका हुन्।

‘कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका छन्, तर अधिकांश देशले अझै पनि सुरु गर्न सकेका छैनन, उनीहरूले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै खोप ल्याउन सक्ने देखिन्छ,’ उनले भने। अति उच्च जोखिममा रहेकाहरूलाई खोपमा प्राथमिकता दिइने डब्लुएचओले जनाएको छ।

स्वास्थ्यसम्वन्धी निकायहरूले सवैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन्। लामो समयका लागि अहिलेकै जस्तै सतर्कता अपनाइरहनु पर्नेमा विज्ञहरुले जोड दिएका छन्।

नेपालमा पनि विज्ञहरुले जोखिम कायमै रहेकाले सतर्क रहन आग्रह गरिरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्