सुमी मोक्तानले जितिन् ‘डान्सिङ विथ द स्टार्स’को उपाधि – Janadesh Daily | ePaper

सुमी मोक्तानले जितिन् ‘डान्सिङ विथ द स्टार्स’को उपाधि


जनादेश, काठमाडौं ।

टेलिभिजन रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को पहिलो सिजनको उपाधि सुमी मोक्तानले जितेकी छिन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको ‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि शनिबार भएको फिनालेमा अभिनेत्री सुमीले जितेकी हुन् । उपाधिसँगै उनले नगद २० लाख रुपैयाँ पनि जितेकी छिन् ।

कोरियोग्राफ बिजु पार्कीसँग सहकार्य गरेकी उनले अन्य प्रतिस्पर्धीलाई पछि पारे । ‘डान्सिङ विथ द स्टार्स नेपाल’को फष्ट रनर अप बुद्ध लामा भएका छन् । उनको जोडीका रुपमा बुद्धलाई केविका खत्रीले कोरियोग्राफ गरेकी थिइन् । बुद्ध लामा प्रथम नेपाल आइडलका विजेता पनि हुन् ।

सेकेन्ट रनरअप प्रियाना आचार्य भएकी छिन् । उनलाई सुभम भुजेलले कोरियोग्राफ गरेका थिए ।

‘डान्सिङ विथ द स्टार्स नेपाल’मा हरि खड्का, प्रशान्त ताम्राकार, ज्योती मगर, उमेर राई, रक्षा श्रेष्ठ, दीपादमन्ता, पूजा ठाकुर, देवासनी वैदावर र सिद्धार्थ श्रेष्ठ तथा श्रृष्ठी केसी सहभागि थिए ।

‘शो’को निर्णायकमा गौरी मल्ल, दिलिप रायमाझी र रेनेशा राई थिए । नेपालमा टेलिभिजन रियालिटी शोहरु बढ्दै गएका छन् । ‘डान्सिङ विथ द स्टार्स नेपाल’को निर्देशन नेपाल आइडल पहिलो सिजनका निर्देशक लक्ष्मण पौड्यालले गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्