घुस खाएकाे अभियाेगमा प्रहरी हवल्दार पक्राउ – Janadesh Daily | ePaper

घुस खाएकाे अभियाेगमा प्रहरी हवल्दार पक्राउ


इटहरी । ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव अख्तियारको फन्दामा परेका छन् ।

स्थानीय व्यापारी विनोद शाहसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्