प्रशिक्षक नियुक्तिसँगै क्यानको विविध निर्णय सार्वजनिक – Janadesh Daily | ePaper

प्रशिक्षक नियुक्तिसँगै क्यानको विविध निर्णय सार्वजनिक


काठमाडौं राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि १ हप्ताभित्र दरखास्त आह्वान गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को सोमबार बसेको कार्यसम्पादन कमिटीको बैठकले अन्तर्रािष्ट्रय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तिय प्रबन्धक र व्यवस्थापकका लागि एक साता भित्र दरखास्त आह्वान गर्ने निर्णय गरेको क्यानले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

कमिटीको बैठकले विभिन्न ७ वटा निर्णय गर्दा त्यसमा ७ प्रदेशका लागि प्रशिक्षकको दरखास्त समेत आह्वान गर्ने निर्णय गरेको छ । मुलपानी क्रिकेट मैदानलाई ६ जना मैदान कर्मचारी थप गर्ने, पोखरा, भैरहवा र विरगंजका लागि एक एक जना पिच क्युरेटर नियुक्त गर्ने निर्णय पनि लिएको छ । गत वर्ष असोजमा निर्वाचन गरेको क्यानले भदौ १५ भित्रमा बार्षिक साधारण सभा गर्ने भएको छ ।

विक्रम न्यौपानेलाई नेपाली टोलीको पूर्णकालीन फिजियोको रुपमा नियुक्त गर्ने निर्णय गरेको क्यानले उनलाई नै तत्कालका लागि टोलीको सम्बन्धित विषयहरुको समन्वय र व्यवस्थापनको जिम्मेवारी समेत दिइएको छ ।

क्यानको केन्द्रिय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ । त्यो समितिमा प्रदेश समितिमार्फत अन्य सदस्य थप गरिने क्यानका महासचिव अशोकनाथ प्याकुरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्