जनादेश, काठमाडौं । आयुर्वेद सिद्धान्तमा आधारित पुस्तक स्वस्थ जीवनशैली बजारमा आएको छ । सिंहदरबारमा हालै आयोजित सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले पुस्तकको विमोचन गर्नुभयो ।
आयुर्वेद जगतका तीन विज्ञ डा. सन्तोषकुमार ठाकुर, डा. मिथिलेशकुमार साह र डा. निर्मल भुसालले पुस्तक लेखेका हुन् ।
पुस्तकमा स्वास्थ्य जीवनका लागि कस्तो जीवनशैली अपनाउनुपर्छ भन्नेबारेका टिप्स पुस्तकमा पढ्न पाइन्छ ।
साथै पुस्तकमा कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने साबधानीहरु समेत पढ्न पाइने कार्यक्रममा जानकारी दिइयो ।