एक हजार गर्ल फ्रेण्ड राखेका टेलिभिजन प्रस्तोतालाई १ सय ७५ वर्षको जेल सजाय – Janadesh Daily | ePaper

एक हजार गर्ल फ्रेण्ड राखेका टेलिभिजन प्रस्तोतालाई १ सय ७५ वर्षको जेल सजाय


एजेन्सी ।

सयौं केटी साथी राखेका टर्कीका एक टेलिभिजनकर्मीलाई त्यहाँको अदालतले १ हजार ७५ वर्ष जेल सजाय सुनाएको छ।

६४ वर्षीय आदनन अक्तरलाई यौन अपराध अभियोगमा यति धेरै कैद सजाय हुने फैसला सुनाइएको हो। उनीमाथि बलात्कार, यौन हिंसा, नाबालकको यौन शोषणलगायतका अभियोगमा दोषी ठहर गरिएको हो।अदालतले अक्तरसँगै अरू दुई जनालाई २११ र १८६ वर्ष जेल सजाय सुनाएको छ।

सञ्चारमाध्यमहरूका अनुसार अक्तर यौन अपराधसँगै सन् २०१६ मा कूको प्रयास गरेको मुस्लिम समूह फेतुल्लाह गुलेन सँगको साँठगाँठमा पनि दोषी पाइएका छन्।

सुनुवाइका क्रममा अक्तरले आफ्ना झन्डै एक हजार जना गर्लफ्रेन्ड भएको बताएका थिए। ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ। प्रेम मान्छेको गुण हो। यो एउटा मुस्लिमको गुण हो,’ उनले एउटा सुनुवाइमा भनेका थिए। अक्तर आफ्नो टेलिभिजन स्टुडियोमा महिलाले घेरिएर बसेका हुन्थे।

सन् २०१८ मा इस्तानबुल प्रहरीले छापा हानेर उनीसहित अरू दुई सय जनालाई पक्राउ गरेको थियो। उनले सन् २०११ मा अनलाइन टेलिभिजनको स्थापना गरेका थिए। बलात्कार अभियोग लागेपछि सरकारले उनको सम्पत्ति पनि जफत गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्