लोकसेवा तयारी सामग्री : ‘तमारा छोरी’ नामक नाच नेपालको कुन जिल्लामा प्रचलित छ ? – Janadesh Daily | ePaper

लोकसेवा तयारी सामग्री : ‘तमारा छोरी’ नामक नाच नेपालको कुन जिल्लामा प्रचलित छ ?


१. राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ ?
– नुवाकोटकी भैरवी भूगोल ।
– उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको ।
– यस्तै, द्वितीय स्थान लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले हात पारेको । सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ कविता तृतीय भएका ।
– प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३० हजार रुपियाँ प्रदान गरिएको ।

२. विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति कायम भएको छ ?

८,८४८.८६ मिटर (२९,०३१.७ फिट) ।
– विक्रम संवत् २०७७ मङ्सिर २३ मा नेपाल र चीनद्वारा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको ।
– सगरमाथाको उचाइ नाप्न दुई देशले सहकार्य गरेका थिए ।
– विगत ६५ वर्षदेखि यसको उचाइ ८,८४८ मिटर वा २९,२८.८७ फिट स्वीकारिएको थियो ।

३. राष्ट्रिय योजना आयोगले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि समृद्धि र सुखका कति–कति सूचक तय गरेको छ ?

 समृद्धि ः ३२ र सुख ः २३ ।

४. इन्डोप्यासिफिक क्षेत्रअन्तर्गत कतिवटा देश पर्छन् ?
२४ ।

५. नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल कुन हो ?
यात्री ।

६. स्थानीय तह निर्वाचन–२०७५ मा निर्वाचित सबैभन्दा कम उमेरका स्थानीय तह प्रमुख को हुन् ?
उदयकुमार यादव (२४ वर्ष), (सहिद नगरपालिका, सिरहा) ।

७. नेपालकै पहिलो सहकारी गाउँका रूपमा घोषित गाउँ कुन हो ?
चुहानडाँडा, तेह्रथुम ।

८. सङ्घअन्तर्गत रहेका जिल्ला कार्यालयहरू स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय कहिले गरियो ?
विसं २०७५ साउन १ ।

९. हालै नासाका वैज्ञानिकहरूले अन्तरीक्षमा कुन बिरुवा उमारेका छन् ?
मुला ।
– नासाका अन्तरीक्ष यात्री तथा फ्लाइट इन्जिनियर केट रुविन्सले पहिलोपटक इन्टरनेसनल स्पेस स्टेसनमा उमारिएको मुलाको फसल काटेका । केटले मुलाका २० बिरुवा प्याक गरी सन् २०२१ मा पृथ्वीमा ल्याउन कोल्ड स्टोरेजमा राखेको जनाएका ।
– नासाको यो प्रयोगको नाम ‘प्लान्ट हेविटेट ०२’ राखिएको ।
– यसअघि अन्तरीक्षमा गहुँ उमारिएको थियो ।
– फरक–फरक प्रकारका खाद्यान्न÷तरकारी उमारेर अन्तरीक्षमा कस्ताखालका बिरुवा उमार्न सकिन्छ । जुन लामो समयसम्म रहने अन्तरीक्ष यात्रीहरूका लागि उपयोगी बन्न सक्छ भन्ने कुराको परीक्षण भइरहेको बताइएको ।

१०. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
माल्दिभ्स ।
– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)

११. इन्च्योन रणनीति (२०१३–२०२२ के सँग सम्बन्धित छ ?
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ।

१२. नेपाल सरकारले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यालय कुन मन्त्रालयअन्तर्गत स्थापना गर्ने निर्णय गरेको हो ?
अर्थ मन्त्रालय ।

१३. सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्छ ?
मकवानपुर ।

१४. तमारा छोरी नामक नाच नेपालको कुन जिल्लामा प्रचलित छ ?
लमजुङ ।

१५. जैविक हतियार निधेषसम्बन्धी महासन्धिको नेपाल कतिऔँ पक्ष राष्ट्र हो ?
१७७औँ ।
– (नेपालले विसं २०७३ कात्तिक १९ मा अनुमोदन गरेको ।)

१६. पाउलो रोसी कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?
फुटबल ।
– उनले सन् १९८२ मा इटालीलाई फुटबल उपाधि दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेका ।
– एकै वर्ष गोल्डन बुट, गोल्डन बल तथा फिफा वर्ष खेलाडी हुने रोसी अहिलेसम्मकै एक्ला खेलाडी हुन् ।
– रोसीको ६४ वर्षको उमेरमा सन् २०२० डिसेम्बरमा निधन भएको ।

१७. पर्यटनका लागि सँगसँगै भन्ने मूल नाराका साथ राजधानीमा सम्पन्न मिसेस नेपाल टुरिजम–२०२० को उपाधि जित्ने युवती को हुन् ?
मनिता रिसाल बुढाथोकी (बाफल, काठमाडौँ) ।
– (त्यस्तै, मिस टिन टुरिजम–२०२० को उपाधि अस्मिता कालाखेतीलाई ।)

१८. नेपालकै पहिलो मानवअधिकारमैत्री गाउँका रूपमा घोषित गाउँ कुन हो ?
राँचुली गाउँ, कालीकोट ।
– (विसं २०७५ जेठ १७ मा घोषित) ।

१९. सर्वप्रथम नगरगान घोषणा गर्ने नगरपालिका कुन हो ?
तिलोत्तमा नगरपालिका (रूपन्देही) ।

२०. नेपाल सरकारले एक्लै हिमाल आरोहण गर्न नपाइने व्यवस्था कहिले गरेको हो ?
विसं २०७४ पुस १५ ।

२१. अनुपम कारिगरीको नमुना शाश्वतधाम कहाँ पर्छ ?
नवलपुर (नवलपरासी वर्दघाट–सुस्ता पूर्व) ।

२२. नेपालमा इमेललाई सरकारी निकायमा कानुनी मान्यता प्रदान कहिले गरिएको हो ?
विसं २०७५ कात्तिक २६ ।

२३. विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जिपलाइनको निर्माण सुरु कहाँ गरिएको छ ?
कुस्मा (पर्वत) ।
– कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको ।
– हार्नेस जिपलाइन प्रालिले निर्माण गर्ने सुपरम्यान शैलीको जिपलाइनसहितका साहसिक पर्यटकीय संरचनाको २०७७ मङ्सिर २६ मा शिलान्यास गरिएको ।
– सुपरम्यान शैलीमा निर्मित विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको ।
– क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपरम्यानमा सुपरम्यानजस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । नेपालमा क्लासिक शैलीका जिपलाइन योभन्दा लामो भए पनि सुपरम्यान शैलीमा यो विश्वकै दोस्रो लामो भएको जनाइएको ।
– निर्माण कम्पनीका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १ सय ३० किलोमिटर गतिमा बगेर गन्तव्य नजिकिँदै गर्दा बिस्तारै घट्दै जाने गर्छ ।

२४. सन् २०२० डिसेम्बर १० मा मनाइएको ७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको नारा के हो ?
रिकोभर बेटर ः स्टान्ड अप फर ह्युमन राइट्स् ।
– (राष्ट्रिय नारा ः महामारीमा मानवअधिकार ः स्वास्थ्य सेवामा सबैको पहुँच विस्तार) ।

२५. नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता कहिले भएको हो ?
सन् २०१९ सेप्टेम्बर ३० ।

२६. दुईवटै कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गर्ने चिनियाँ नागरिक को हुन् ?
जिया वोयू (सन् २०१८ मे १४) ।

२७. विभाजित भएको करिब दुई वर्ष पुग्नै लाग्दा विवेकशील नेपाली दल र साझा पार्टीबीच पुन ः एकीकरण कहिले भएको हो ?
विसं २०७७ मङ्सिर २४ ।
– मिलन पाण्डेले नेतृत्व गरेको विवेकशील र रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीबीच मङ्सिर २४ मा एकीकरणको औपचारिक घोषणा गरिएको । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी र पुरानै निर्वाचन चिह्न तराजु रहेको ।
– एकीकृत पार्टीको अध्यक्ष मिश्र र संयोजक पाण्डे रहनुभएको ।

२८. राष्ट्रिय योजना आयोगद्वारा २०७७ मङ्सिर २८ मा सार्वजनिक मानव विकास प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?
०.५८७ ।
– नेपालको मानव विकास सूचकाङ्कको मूल्य ०.५८७ पुगेको छ । गत वर्ष यो ०.५७९ थियो । प्रतिवेदनअनुसार लैङ्गिक विकास सूचकाङ्क, लैङ्गिक असमानता सूचकाङ्क र मानव विकास सूचकाङ्कमा नेपाल दक्षिण एसियाका केही देशभन्दा नेपाल अगाडि रहेको छ । आय मापदण्डमा नेपाल पछाडि रहेको भए पनि मानव सम्पत्ति र आर्थिक जोखिम मापदण्ड भने पूरा भएको छ । यससँगै सन् २०२२ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकको सूचीमा प्रवेश गर्न आधार तयार भएको छ ।
– विगत पाँच वर्षदेखि नेपाल मध्यम मानव विकासको सूचीमा रहेको छ । ०.५५० अङ्कभन्दा माथि ०.६९० सम्म एचडीआई हुनुलाई मध्यमस्तर मानिएको छ । सन् १९९८ देखि नेपालले मानव विकास प्रतिवेदन प्रकाशित गर्न थालेको हो ।

२९. समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् ?
स्टेफन हकिङ ।
३०. अन्तर्राष्ट्रिय उडानक्रममा हुने जोखिमबापत विदेशी र नेपाली यात्रुले पाउने बीमालगायतका सुविधा समान हुनेगरी मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो ?
विसं २०७५ मङ्सिर २९ (सन् २०१८ डिसेम्बर १५) ।
– नागरिक उड्डयनसम्बन्धी महŒवपूर्ण सो सन्धि मङ्सिर २९ देखि नेपाली वायु सेवा कम्पनी र यात्रुमा पनि लागू भएको । गत भदौ ७ गते नेपालको संसद्बाट ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्नेसम्बन्धमा व्यवस्था भएको महासन्धि’ पारित भएको र सो महासन्धि नेपालले आइकाओमा बुझाएको ६० दिन भएपछि लागू भएको ।
– यसअघि नेपालले वार्सा महासन्धि र हेग प्रोटोकलअनुसार हवाई बीमा दाबी गर्नुपर्दा प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने गरेकोमा मन्ट्रियल महासन्धि लागू भएपश्चात् सो बीमाबापत एक लाख ६० हजार अर्थात् करिब पौने दुई करोड रुपियाँ पाउने ।
– सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय हवाईयात्रुको सुरक्षासम्बन्धमा क्यानडाको मन्ट्रियलमा पारित नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई मन्ट्रियल महासन्धिका रूपमा चिनिने । सो महासन्धि सन् २००३ देखि कार्यान्वयनमा आएको ।
– संसारभरिका अन्तर्राष्ट्रिय उडानका वायुसेवा र हवाई यात्रुका लागि एउटै नियम र सर्त लागू गराउनु यस महासन्धिको उद्देश्य रहेको ।

-गोरखापत्रबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्