जाडोमा भुल्नै नहुने ७ शुत्र, नत्र हुन सक्छ तपाइँलाई समस्या – Janadesh Daily | ePaper

जाडोमा भुल्नै नहुने ७ शुत्र, नत्र हुन सक्छ तपाइँलाई समस्या


जाडो मौषम स्वास्थ्यका दृष्टिले संवेदनशील समय हो । जाडो मौषममा ध्यान नदिने हो भने विभिन्न समस्या आउन सक्छन् । तर जाडोलाई नै हामीले बरदान बनाउन सक्छौं ।

चिसोबाट बँच्न बाक्ला कपडा त सबैले लगाउँछन् । तर जाडोमा गर्नु पर्ने त्यस भन्दा धेरै कुरा छन् । जाडोमा गर्नै पर्ने ७ कुराको यहाँ चर्चा गरिएको छ ।

तेल मसाज
जाडो मौषममा हाम्रो त्वचा रुखो हुन पुग्छ । त्वचालाई रुखो हुनबाट बचाउन हामीले जाडो मौषममा तेलले मसाज गर्नु राम्रो हुन्छ । हाम्रो शरीरमा असंख्या रौका छिद्र हुन्छन् त्यसले शरीरका प्रदुषित पदार्थहरुलाई बाहिर निकाल्छ । त्यसैले तेल मसाज गर्नु अघि शरीर नुहाउनु राम्रो हुन्छ । जति त्यस्ता छिद्र खुल्ला रहन सक्छन् त्वचामा त्यति नै चमक पैदा हुन्छ ।

टन्न खानुस्

जाडो मौषममा गर्मी मौषमको तुलनामा बढी भोक लाग्छ किन भने पाचन प्रक्रिया पनि जाडोमा बढी सक्रिय हुन्छ । जाडो मौषममा भोकै बस्नु हुँदैन भोकै बस्ने बानी छ भने पनि जाडोमा यस्ता कुरा राम्रो मानिँदैन । जाडो मौषममा विहानीको शुरुवात नै पौष्टिक नास्ताबाट गर्नु राम्रो हुन्छ । त्यसका लागि फलफुल वा दुध सहितका स्वास्थ्य वर्धक चिज सेवन गर्नुस् । जाडोमा खाली पेट बस्नु घातक हुन सक्छ ।

तीलको लड्डु
मतीलको लड्डु जाडो मौषममा निक्कै राम्रो मानिन्छ । जाडोमा गुड वा तीलको लड्डुले शरीरमा गर्मी पैदा गर्छ र स्वास्थ्य राम्रो हुन्छ । तील वा गुड खाने परंपरा जाडोमै राखिनुको कारण पनि त्यही हो ।

छिटो सुत्नुस्
कुनै पनि ब्यक्ति स्वस्थ रहनकालागि छिटो सुत्ने र छिटो उठ्ने बानी हुनु राम्रो मानिन्छ । जाडो मौषममा यस्तो कुरा झनै बढी प्रभावकारी हुन्छ । जाडो मौषममा राति सम्म अनिदो बस्ने र विहान ढिलो सम्म सुत्ने बानी छ भने आजै देखि छोड्नुस् । जाडोमा ढिलो सम्म जाग्ने र अनिदो बस्नेलाई मस्तिष्कमा समस्या हुन सक्ने अध्यनले देखाएको छ । जाडोमा सूर्योदय भन्दा अघि नै उठ्नुस् ।

दिउसोमा नसुत्नुस्

कतिपय ब्यक्ति जाडो मौषममा ओच्छयानमै विताउने र दिउसोको समयमा पनि सुत्ने गर्छन् । तर जाडो मौषममा दिनको सममया सुत्ने बानीले कफको समस्या बढ्ने र मोटो पन पनि वृद्धी हुने अध्यनले देखाएको छ ।

ब्यायाम नियमित गर्नुस्

जाडो मौषममा मुटुमा संक्रमण हुने खतरा उच्च हुन्छ । खानपानमा ध्यान नदिने र ब्यायाम नगर्ने ब्यक्तिलाई जाडोमा मुटु लगायतका स्वास्थ्य समस्या हुन सक्ने अध्यनले देखाएको छ । बाहिर जाने अवस्था हुँदैन भने घरमै भएपनि सामान्य ब्यायाम र शारीरक अभ्यास अनिवार्य गर्नुस् ।

२ घण्टा अघि खानुस्

जाडो मौषममा मात्र नभएर सँधै सुत्नु अघि कम्तिमा २ घण्टा अघि नै खाना खानु राम्रो मानिन्छ । खाने वित्तिकै सुत्ने वा सुत्नु अघि खाने बानी घातक हुन सक्छ । पाचनका दृष्टिले पनि सुत्नु भन्दा कम्तिमा २ घण्टा अघि खाना खाइसक्नु राम्रो मानिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्