अभिनेत्री मौनी राय विवाहको तयारीमा, यी हुन् उनका भावी पति – Janadesh Daily | ePaper

अभिनेत्री मौनी राय विवाहको तयारीमा, यी हुन् उनका भावी पति


एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री मौनी रायले विवाह गर्न लागेको बताएकी छिन् । उनले दुबई निवासी सुरज नान्बियारसँग विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनीहरु केही समयदेखि एकअर्कासँग प्रेममा थिए । लकडाउनको सुरुको समयदेखि नै अभिनेत्री राय दुबईमा बस्दै आएकी छन् ।

केही दिनअघि उनले आफ्नो सम्बन्धको खुलासा गर्दै सुरज र उनको परिवारका साथ तस्बिरसमेत सार्वजनिक गरेकी थिइन्।

उनले सुरजका आमाबुबालाई ममी, ड्याडी भनेर सम्बोधनसमेत गरेपछि उनले विवाह गर्न लागेको पक्का भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्