ब्लड प्रेसर बढ्ला भनेर अण्डा नखाने गर्नु भएको छ ? तपाइँ गलत हुनुहुन्छ – Janadesh Daily | ePaper

ब्लड प्रेसर बढ्ला भनेर अण्डा नखाने गर्नु भएको छ ? तपाइँ गलत हुनुहुन्छ


जनादेश हेल्थ डेस्क ।
दैनिक अण्डा खानाले तपाइँको वजन बढ्छ भन्ने पिरले ग्रसित हुनुहुन्छ। त्यसो हो भने तपाइँलाई खुशीको खबर छ।

जुन अन्डालाई तपाइँ हानिकारक सम्झनुहुन्छ त्यही अण्डा अब तपाइँको लागि औषधि सावित हुने अध्ययनले देखाएको छ।


अन्डाको सेतो भागमा कुनै नकारात्मक असर हुदैन तर रक्तचाप घटाउने क्षमता हुन्छ। यो कुरा अमेरिकी बैज्ञानिकहरुद्वारा गरिएको एक अध्यनमा पत्ता लागेको हो।

विश्वको सबैभन्दा ठूलो बैज्ञानिक सोसाइटी अमेरिकी केमिकल सोसाइटी (एसिएस) को २४५औँ राष्ट्रिय बैठक तथा प्रदर्शनीको एक हिस्साको रुपमा रहेको अध्ययनको अध्ययन दलका अगुवा तथा जिलिन विश्वविद्यालयका पीएचडी होल्डर झिपेंग यु को भनाइ छ ।

हाम्रो अनुसन्धानले सुझाव दिन्छ कि, अन्डालाई अविश्वसनीय र खान योग्य एउटा अर्को कारण पनि निस्किएको छ।

अन्डाको पहेंलो भागमा कोलस्ट्रोल हुन्छ भनेर पहेंलो भाग खान नचाहनेहरुका बिचमा सेतो भाग पहिलेदेखि नै लोकप्रिय छ । अहिले आएर पत्ता लागेको छ कि यसले रक्तचापलाई समेत नियन्त्रणमा राख्ने अनुसन्धानकर्ताले जनाएका छन् ।

यो पनि हेर्नुस्_ जाडोमा भुल्नै नहुने ७ शुत्र, नत्र हुन सक्छ तपाइँलाई समस्या

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्