ललितपुरमा डेरा गरि बस्दै आएका पोखरेल दम्पती मृतावस्थामा भेटिए – Janadesh Daily | ePaper

ललितपुरमा डेरा गरि बस्दै आएका पोखरेल दम्पती मृतावस्थामा भेटिए


जनादेश, काठमाडौँ ।

ललितपुरको चाँगाथलीस्थित सप्तरीको राजबिराज नगरपालिका ३ मा एक दम्पति मृत अवस्थामा भेटिएका छन् । मृत्यु हुनेमा ३२ वर्षीय सागर पोखरेल र उनकी २० वर्षीया श्रीमती निर्मला खनाल पोखरेल रहेको प्रहरीले जनाएको छ ।

बाबु आमासहित कोठा भाडामा बस्दै आएका उनीहर कोठाको भित्रबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएका हुन् । घटनास्थलमा सेल्फस नामक बिषादीको २ वटा खाली बट्टा भेटिएको प्रहरीले जनाएको छ ।

शव नजिकै बान्ता देखिएकाले उनीहरुले विष खाएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्