जहाँ खाना अर्डर गर्नुअघि शरीरको तौल जोखिन्छ – Janadesh Daily | ePaper

जहाँ खाना अर्डर गर्नुअघि शरीरको तौल जोखिन्छ


बेइजिंग,(एजेन्सी)

चीनको मध्यभागमा अवस्थित एउटा रेस्टुरेन्टले ग्राहकहरुलाई खाना अर्डर गर्नु अघि आफ्नो शारिरीक वजन नाप्न लगाउने गरेकोमा क्षमायाचना गरेको छ । चिनिया राष्ट्रपति सि जिन्पिंगले खाद्यान्न खेर नफाल्न गरेको आब्हान अनुरुप चलाइएको अभियान अन्तर्गत यो नीति अपनाइएको थियो ।

यसै साता देखि चाँगसा शहरको गाइको मासुको परिकार बिक्रि हुने रेस्टुरेन्टको मूलद्वारमा वजन नाप्न दुईवटा ठूला तराजु राखिएका छन् । सो रेस्टुरेन्टले आफ्नो वजन अनुसार मात्र खानाको अर्डर गर्न अनुरोध गरेको छ । साइन बोर्डमा ‘ अपरेसन एम्पटी प्लेट ’ तथा ‘ होसियार र परिश्रमी बन्नुहोस् र खाली प्लेटलाई बढावा दिनुहोस् ’ भन्ने नारा उल्लेख गरिएको छ ।’

तर यस नीतिले चीनको सामाजिक सन्जालमा तहल्का मच्चाएको छ । सामाजिक संजाल वेइवोमा यस रेस्टुरेन्टकोबारे ३० करोड पटक भन्दा बढि ह्यासट्याग थिचिएको देखन सकिन्छ ।

तसर्थ यस रेस्टुरेन्टले अनलाईनमा यसरी क्षमायाचना पोस्ट गरेको छ , ‘ राष्ट्रिय ‘ क्लिन प्लेट क्याम्पेन ’ को गलत किसिमले विश्वेलषण भएकोमा हामी गम्भीर क्षमायाचना गर्दछौं । हाम्रो खास उद्देश्य खाना खेर जान नदिनु र स्वस्थ ढंगले खानाको अर्डर गराउनु रहेको छ । हामीले ग्राहकहरुलाई अनिवार्य रुपमा आफ्नो वजन जोख्न कहिल्यै जवर्जस्ती गरेका छैनौं । ’

राष्ट्रिय टेलिभिजनले पनि धेरै परिकार र आवशयकता भन्दा बढि परिमाण टेवेलमा राखेर खान्दै गरेकाहरुको भिडियो फुटेजको आलोचना गरेको छ । आश्वयक भन्दा बढि खाना अर्डर गरेर प्लेटमा त्यसै खाना फालेर हिंड्नुलाई यसअघि चिनियाहरुले सामाजिक शालिनताको रुपमा लिने गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्