उच्च रक्तचाप भएका व्यक्तिले ध्यान दिनैपर्ने १० कुरा – Janadesh Daily | ePaper

उच्च रक्तचाप भएका व्यक्तिले ध्यान दिनैपर्ने १० कुरा


जनादेश, काठमाडौँ ।

अहिलेको व्यस्त जीवनशैलीका कारण धेरैजसो मानिसमा उच्च रक्तचापको समस्या देखिएको छ । उच्च रक्तचापको समस्याबाट ग्रसित व्यक्तिले खानपान र आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनैपर्छ । यसो नगरेमा उनीहरुमा मुटुसम्बन्धी रोग सिर्जन हुने जोखिम बढ्ने गर्दछ ।

उच्च रक्तचाप भएका व्यक्तिले ध्यान दिनैपर्ने १० कुराहरु : 

  1. शरीरको तौल कायम राख्ने ।
  2. तनावमुक्त रहने ।
  3. नियमित शारीरिक व्यायम गर्ने, सक्रिय रहने ।
  4. उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि सेवन गर्ने ।
  5. मदिरा सेवन नगर्ने ।
  6. धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
  7. दैनिक पाँच ग्राम भन्दा कम नुन खाने ।
  8. चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने ।
  9. सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी र फलफूल खाने ।
  10. वयस्क व्यक्तिले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गराउने ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्