माइनस १४ डिग्रीमा जमेको पानीभित्र रुसी राष्ट्रपति पुटिनको डुबुल्की (फोटो फिचर) – Janadesh Daily | ePaper

माइनस १४ डिग्रीमा जमेको पानीभित्र रुसी राष्ट्रपति पुटिनको डुबुल्की (फोटो फिचर)


जनादेश अपडेट ।

रुसका राष्ट्रपति ६८ वर्षका पुगिसकेका छन् । तर उनका गतिविधि हेर्दा उनी त्यो उमेरका हुन् भन्ने कुनै पनि हिसावले लाग्दैन । हट्टा कट्टा र तन्दुरुस्त रहेका पुटिनले घोडचढीदेखि अन्य खेल सम्ममा चासो राख्दै सहभागिता जनाउने गर्छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार माइनस १४ डिग्री तापक्रममा राजधानी मस्को नजिकै एक स्विमिङ पुलमा डुबुल्की मारेका तस्विर सार्वजनिक भएका छन् ।

  

जमेको पानीमा पुटिनले डुबुल्की मारेको तस्बिर राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्यान्डलबाट पोस्ट गरिएको हो । पुटिन पुलसम्म ओभरकोट लगाएर आएको देखिन्छ तर डुबुल्की लगाउने बेला उनले उक्त कोट खोल्छन् ।

रुसको स्थानीय टिभी च्यानलमा यसबारे भिडियो देखाइएको छ । पुटिनले यो जमेको पूलमा तीनपटक डुबुल्की मारे । यो पूलको चारैतिर बरफ जमेको छ ।

खासमा पुटिनले एक धर्मनिष्ठ इिसाइको अनुष्ठानकोरुपमा यो क्रियाकलाप गर्का हुन् । यो दिनलाई फिस्ट डे वा इपिफनी भनिन्छ । हरेक वर्ष एपिफनीको दिन धर्मनिष्ठ इसाइ नदी वा पोखरीमा डुबुल्की मारेर यसुलाई याद गर्छन् ।

यो डुबुल्कीलाई निकै पवित्र मानिन्छ । पुटिन कम्युनिष्ट शासनमा हुर्किएका हुन् तर राष्ट्रपतिको रुपमा उनी एक धर्मनिष्ठ ईसाइको रुपमा रहेका छन् ।

इपिफनीको मौकामा मानिसहरु पारम्परिक रुपमा नजिकैको नदी वा तलाउमा गएर बरफ जमेको पानीमा डुबुल्की मार्छन् । इपिफनीको मध्य रातमा सबै पानी पवित्र हुने जसका कारण यावत् पाप पाखालिने मान्यता राखिन्छ ।

यो पनि हेर्नुस्- चीन, रुस र उत्तर कोरियासँग कस्तो होला बाइडेनको व्यवहार 

रुसी राष्ट्रपतिको तन्दुरुस्ती र स्वास्थ्यका विषयमा पश्चिमा सञ्चार माध्यममा अनेकन अडकलवाजीहरु प्रकाशित भैरहन्छन् । केही समय अघि मात्र उनलाई पार्किन्सन भएको हुनसक्ने अनुमान गर्दै एक भिडियो भाइरल बनाइएको थियो । तर पुटिनका गतिविधि हेर्दा भने उनी निक्कै तन्दुरुस्त र हट्टा कट्टा रहेको देखिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्