‘नेम्वाङ्कै सुझावमा मनमोहन अधिकारीले संसद विघटन गरे, तर अदालतले उल्ट्याइदियो’ – Janadesh Daily | ePaper

‘नेम्वाङ्कै सुझावमा मनमोहन अधिकारीले संसद विघटन गरे, तर अदालतले उल्ट्याइदियो’


जनादेश सोसल मिडिया वाच ।

नेकपा प्रचण्ड-नेपाल समूहका नेता विष्णु रिजालले तत्कालीन एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीलाई संसद विघटन गर्न सल्लाह दिनेपनि सुवास नेम्वाङ रहेको खुलासा गरेका छन् ।

यस पटकको संसद विघटनको सुत्राधार रहेका सुवासले यस अघिको असफल विघटन प्रयासको साक्षी पनि बसेको खुलासा नेता रिजालले गरेका हुन् ।

फेसबुकमा नेता रिजालले लेखेका छन्, ‘संचारमाध्यमहरूमा प्रतिनिधिसभा विघटनसँग जोडेर पूर्वसभामुख सुवास नेम्वाङका बारेमा लेखिएको पाइन्छ । पहिले प्रतिनिधिलभा विघटन हुँदैन भन्ने उहॉले अहिले प्रधानमन्त्रीले विघटन गरेकाले बैशाखमा चुनाव हुन्छ भनिरहनुभएको छ । विगत हेर्दा चाहिं उहॉका व्याख्या र अनुमानहरू पूर्णत: गलत सावित भएको र त्यसबाट पार्टीलाई क्षति भएको दृष्टान्त पाइन्छ ।’

नेता रिजलले ५२ सालमा प्रतिनिधिसभा विघटनको सल्लाह दिएका नेम्वाङले अदालतको फैसला सुन्न बसिरहेका समयमा तत्कालीन प्रधानन्याधीश विश्वनाथ उपाध्यायको बानी नै सुरूमा नकारात्मक चर्चा गरेर अन्तिममा सकारात्मक फैसला गर्नेछ’ भनेको तर गलत सावित भएको खुलासा पनि गरेका छन् ।

त्यसैगरी २ सय ७३ सालमा तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर केपी ओलीको सरकार अल्पमतमा परिसक्दा पनि सुवास नेम्वाङले ‘संविधानमा नयॉ सरकार बन्ने धारा नै छैन, ओलीले सरकार छाड्नुपर्दैन’ भन्ने गरेको पनि नेता रिजालले स्मरण गरेका छन् ।

संचारमाध्यमहरूमा प्रतिनिधिसभा विघटनसँग जोडेर पूर्वसभामुख सुवास नेम्वाङका बारेमा लेखिएको पाइन्छ । पहिले प्रतिनिधिलभा…

Posted by Bishnu Rijal on Wednesday, 20 January 2021

 

सुवासको सुझाव ग्रहण गर्दा नेताहरुले अहिलेसम्म क्षति मात्र व्यहोरेको भन्दै यस पटक संसद विघटनको मुद्धामा पनि नेम्वाङको भूमिका उस्तै रहेको उनको दाबी छ ।

संविधान बनेपछि प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका नेम्वाङको भिडियो अहिले भाइरल भैरहेको छ ।

अहिले ओली गुटमा रहेका नेम्वाङले भने त्यतिबेला आफूले भनेको तर अहिले परिस्थिति फरक भएको भन्दै कमजोर र निरीह तर्क गरिरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्