चिसोले आत्तिनु भएको छः यी हुन् जाडोबाट बँच्ने ५ अचुक उपाय – Janadesh Daily | ePaper

चिसोले आत्तिनु भएको छः यी हुन् जाडोबाट बँच्ने ५ अचुक उपाय


जनादेश हेल्थ डेस्क ।

जाडो मौषममा चिसोका कारण मानिसहरु विभिन्न रोगको शिकार हुन्छन् । चिसोका कारण अस्पतालमा पनि विरामीको चाप बढ्ने गर्छ ।

हृदय रोग विशेषज्ञहरुले जाडो मौषममा लापरवाही गर्दा र असन्तुलित भोजन गर्दा विभिन्न समस्या आउने बताउँछन् ।

शरीरमा चिसो लागेपछि रक्तचाप बढ्छ र रक्तचापका कारण विभिन्न समस्या आउँछन् । तर रक्तचाप नियन्त्रण गर्न सकेमा भने जाडोमा स्वास्थ्य समस्या नआउने बताउँछन् विशेषज्ञहरु ।


यस कारण शरीरमा तापक्रम नियन्त्रण गर्नका लागि जाडो मौषममा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ । ताकि हृदय घात जस्ता समस्या नआउन ।

जाडोबाट बँच्ने ५ शुत्र

१ खानपानमा ध्यान दिनुस्: जाडोमा चिल्लो पदार्थको सेवन धेरै गर्नु हुँदैन । चिल्लो भएका खानेकुरा तुरुन्त कम गर्नुस् ।

२ तनाव कम गर्नुस्ः जाडोमा तनाव पनि बढ्यो भने स्वास्थ्यमा गम्भिर समस्या आउन सक्छ । जाडो मौषममा स्वस्थ रहन योगा वा मेडिटेसन गर्नु राम्रो मानिन्छ । त्यसै गरी चिसो हावा लाग्ने ठाउँमा नजानु राम्रो हुन्छ भने न्याना कपडा लगाउनु पर्छ ।

३ क्रोध कम गर्नुस्ः जाडोमा रिसाउनु अर्थात आक्रोशित हुनु स्वास्थ्यको लागि घातक मानिन्छ । यसै पनि जाडोमा रक्तचाप बढी हुने हूँदा रिसाउँदा अचानक टाउको दुख्ने समस्या हुन सक्छ ।

४ नियमित औषधी खानुस्ः  जाडो मौषममा नियमित खाने गरिएका औषधीमा विशेष ध्यान दिनु पर्छ । खासगरी मुटुको समस्या हुनेहरुले यस्तो कुरामा विशेष चनाखो हुनु पर्छ ।

५ नियमित स्वास्थ्य परीक्षणः जाडो मौषममा नियमित स्वास्थ्य जाँच गराउनु पर्छ । कम्तिमा महिनामा २ पटक स्वास्थ्य जाँच गर्नु जाडोमा राम्रो मानिन्छ ।

यी ५ कुरामा ध्यान दिनु भो भने जाडोबाट बँच्न सकिन्छ ।

 

यो पनि हेर्नुस्- जाडोमा भुल्नै नहुने ७ शुत्र, नत्र हुन सक्छ तपाइँलाई समस्या

घर वा अफिसमा कम्प्युटरमा बस्दा भुल्नै नहुने ५ कुरा

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्