कोरोना खोप पठाएपछि नेपाललाई भारतीय प्रधानमन्त्रीको सन्देश – Janadesh Daily | ePaper

कोरोना खोप पठाएपछि नेपाललाई भारतीय प्रधानमन्त्रीको सन्देश


जनादेश वाच ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिए लगत्तै मोदीको यस्तो सन्देश आएको हो ।

भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीले धन्यवाद दिएलगत्तै ट्वीटरमार्फत प्रधानमन्त्री मोदीले नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् । भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल–भारत कोराना सहकार्य जारी रहने बताएका छन् । उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुदै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिइने सरकारको तयारी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्