व्यवस्थाविरोधीहरुले योजनावद्धरुपमा संसद विघटन गरे, ५० प्रतिशत धारा निष्क्रियः रामनारायण विडारी – Janadesh Daily | ePaper

व्यवस्थाविरोधीहरुले योजनावद्धरुपमा संसद विघटन गरे, ५० प्रतिशत धारा निष्क्रियः रामनारायण विडारी


जनादेश, काठमाडौँ ।

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधि सभा विघटन गरिएको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन सम्बन्धि अन्तरक्रियामा संविधानका जानकारसमेत रहेका विडारीले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै उनले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनाबद्धरुपमा विघटन गराएको आरोप लगाए ।

संविधानमा ५ वर्षमा निर्वाचन गरिने व्यवस्था गरिएको भएपनि प्रधानमन्त्रीले अढाई वर्षमै निर्वाचन गर्ने हुकुमी शासन गरेको उन आरोप छ । वैशाखमा कुनैपनि हालतमा निर्वाचन नहुने दाबी पनि उनले गरेका छन् ।

कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता सुनिल पोखरेलले संसदमा कुनैपनि नीति, कार्यक्रम फेल नभएका प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नभएको धारणा राखे । प्रतिनिधि सभा पुर्नस्थापना आवश्यक रहेको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्