इटालियन सिरी एः लिग लिडर मिलान घरेलु मैदानमै पराजित – Janadesh Daily | ePaper

इटालियन सिरी एः लिग लिडर मिलान घरेलु मैदानमै पराजित


खेल अपडेट ।
इटालियन सिरी ए मा लिग लिडर एसी मिलान पराजित भएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एसी मिलान एट्लान्टासँग ३–० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा एसी मिलानले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल खाएको हो ।

एट्लान्टाका लागि २६ औँ मिनेटमा क्रिष्टियन रोमेरो, ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा जोसिप इलिसिक तथा ७७ औँ मिनेटमा डुभान जापाताले गोल गरेका हुन् ।

पराजित भएको एसी मिलानको १९ खेलबाट ४३ अंक भएको छ ।

यसैबिच दोस्रो स्थानको इन्टर मिलानले अंक बराबरी गर्ने मौका गुमाएको छ । शनिबार राति नै भएको खेलमा इन्टर मिलान युडिनेससँग गोलरहित बराबरीमा रोकियो । उसको १९ खेलबाट ४१ अंक भएको छ ।

स्पेजियालाई ४–३ ले पराजित गरेको रोमा १९ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ भने ३६ अंकसहित एट्लान्टा चौथो स्थानमा उक्लेको छ ।

एजेन्सीको सहयोगमा ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्