ला लिगामा रियल मड्रिडको शानदार जित, बेन्जिमाले गरे दुई गोल – Janadesh Daily | ePaper

ला लिगामा रियल मड्रिडको शानदार जित, बेन्जिमाले गरे दुई गोल


खेल अपडेट ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा एलाभेसलाई रियल मड्रिडले ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा तीन गोल गरेको रियल मड्रिडले दोस्रो हाफमा एक गोल खाएर एक गोल गरेको हो ।

रियल मड्रिडका लागि करिम बेन्जिमाले ४१ र ७० औँ मिनेटमा गोल गरे । यस्तै कासेमिरोले १५ औँ तथा इडन हजार्डले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् ।

एलाभेसका लागि लागि ५९ औँ मिनेटमा जोसेलुले एक गोल फर्काएका हुन् ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको १९ खेलबाट ४० अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १७ खेलबाट ४४ अंक छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका खेलमा सेभिल्लाले काडिजलाई ३–० ले पराजित गर्दा हुएस्का र भिल्लारियलले गोलरहित तथा रियल सोसिडाड र रियल बेटिसले २–२ को बराबरी खेलेका छन् ।

एजेन्सीको सहयोगमा ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्